फ्रान्समा एक महिनाका लागि लकडाउन थप्यो, कोरोनाको कारण झण्डै १५ हजारको मृत्यु
विश्वाव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसका कारण फ्रान्समा लकडाउनको अवधि थप गरिएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले एक महिनाका लागि लकडाउन बढेको घोषणा गरेका हुन् ।
म्याक्रोनले राष्ट्रको नाममा सम्बोधन गर्दै पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण ५ सय ७४ जनाको मृत्यु भएको जनाएको छ । त्यससँगै फ्रान्समा संक्रमणका कारण मर्नेको संख्या करिव १५ हजार पुग्न लागेको जनाएको छ ।
हालसम्म फा्रन्समा १४ हजार ९ सय ६७ जनाको मृत्यु भएको म्याक्रोनले जानकारी दिएका छन् ।
उनले देश कोरोना भाइरसविरुद्ध लड्नका लागि तयार नभएको यथार्थलाई स्वीकारेका छन् ।