कोरोनाको कहर: विपन्नका लागि ‘एटीएम’ बाट चामल

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १५:२८
;

 एउटा मेसिन जसले तपाईँलाई सित्तैमा चामल दिन्छ, यदि यो साँचो हुँदो हो भने सुन्दा निकै राम्रो लाग्थ्यो । तर यस्तै ‘राइस एटीएम’ भियतनामभरि स्थापित भइसकेको छ, जसले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएकालाई मद्दत गर्छ । 

भियतनाममा अहिलेसम्म दुई सय ६५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ तर कसैको पनि ज्यान गएको छैन, यो अरु देशको तुलनामा निकै कम हो । तर यसको सङ्क्रमण बढ्न नदिन सरकारले व्यक्ति–व्यक्तिबीचको दुरीलाई कार्यान्वयनमा ल्याएको छ ।

साना पसल र व्यवसाय बन्द गरिएको छ भने हजारौँले काम छोडेका छन् । कोरोनाको कारण कामविहीन भएकाहरुका लागि विभिन्न व्यापारी र दाताहरुले शहरको कैयौँ ठाउँमा एटीएमबाट सित्तैमा चामल वितरण गरिरहेका छन् । 

भियतनामको हनोईमा प्रत्येक दिन बिहान पानी बोक्ने ट्याङ्करले चामल ल्याउने र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म वितरण गरिने स्थानीय समाचार एजेन्सी भीएनएले बतायो । 

‘एटीएमबाट चामल लिन लाइनमा लागेकाहरुले एकअर्कामा ६ फिटको दुरी कायम गर्नुपर्छ र चामल थैलामा भर्नुअघि अनिवार्य रुपमा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ’, स्थानीय अखबार हनोई टाइम्सले भन्यो । 

ह्युको मध्य शहरमा रहेको एक कलेजमा स्थापित एटीएमबाट स्थानीयले सित्तैमा दुई केजी चामल प्राप्त गर्दै आएका छन् । हो ची मिन्हमा रहेको राइस एटीएम हप्ताको सातै दिन चौबिसै घण्टा सञ्चालन हुन्छ । अर्काे हप्तासम्म डा नाङमा थप दुई वटा एटीएम स्थापना गर्ने भीएनएले बताएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*