चिनियाँ टेलिकमलाई अमेरिकी बजारमा सेवा गर्न रोक्ने 

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार १५:४२
;

अमेरिकाले चाइना टेलिकमलाई बजारमा सेवा गर्न रोक्ने धम्की दिएको छ । अमेरिकी न्याय विभागले अमेरिकी सरकारका शीर्ष विभागहरुको कानुनी र सुरक्षा जोखिमको कारण देखाउँदै चीनको राजधानी बेइजिङद्धारा नियन्त्रित चाइना टेलिकमलाई अमेरिकाका बजारमा सेवा गर्नबाट रोक्ने जनाएको हो । 

अमेरिकाका रक्षा, राज्य र आन्तरिक सुरक्षा लगायतका विभागहरुले विस्तृत रुपले गरेको समीक्षापछि संघीय संचार आयोगले चिनियाँ टेलिकमको अमेरिकाका लागि आधिकारिकता खारेज र बन्द गर्नुपर्ने पनि जनाएको छ ।  

एजेन्सीहरुले चाइना टेलिकमले अमेरिकी अधिकारीहरुलाई गलत रिपोर्ट गरेको समेत उल्लेख गरेको न्याय विभागले बताएको छ । 

पछिल्लो समय कोरोना भाइरस चीनबाट अमेरिकामा सरेको र त्यसले सबैभन्दा बढी क्षति गरेको सन्दर्भलाई जोडेर अमेरिकाले अब चीनसंगको सम्बन्धलाई विस्तारै बन्द गर्दै जाने नीति लिएको पनि बुझ्न सकिन्छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*