९ करोड वर्षअघि हराभरा जंगल थियो बरफले ढाकिएको अन्टार्कटिका

हेटौडा न्युज
२ बैशाख २०७७, मंगलवार २२:४९
;

अन्टार्कटिका महादेशमा अहिले बरफ र हिउँ मात्र पाइन्छ । तर पहिले यस क्षेत्रमा हराभरा वर्षावन थियो। जतिबेला डाइनासरहरु पृथ्वीमा अस्तित्वमा थिए ।

अमुन्डसेन समुद्रमाथि आरभी पोलास्र्टन पानी जहाजमा बसेर अन्टार्कटिकाबारे अनुसन्धान गरिरहेका वैज्ञानिकका अनुसार ९ करोड वर्षअघि अन्टार्कटिका घना जंगल थियो ।

वैज्ञानिकहरुका अनुसार डाइनासोर र अन्य जनावरहरु पहिले अन्टार्कटिकाको जंगलमा घुम्थे।

अन्टार्कटिकाको बरफ मुनी भेटिएका अवशेषहरुका आधारमा उक्त क्षेत्रमा वर्षावन भएको वैज्ञानिकले पत्ता लगाएका हुन्।

"Wild

वैज्ञानिकहरुले भेटेका माटोमा न्युनतम ५३ देखि ५५ डिग्री फरेनहाइट वार्षिक तापक्रम भएको पत्ता लागेको छ। उक्त तापक्रम गर्मी महिनामा ६८ देखि ७७ फरेनहाइटमा पुग्थ्यो।

पहिलेको समयमा पृथ्वीको दक्षिणी ध्रुवमा यस तापक्रम देखिनु अपवाद भएको वैज्ञानिकले बताएका छन्। हाल त्यहाँको तापक्रम माइनस ४० फरेनहाइट छ।

वैज्ञानिकहरुले अन्टार्कटिकामा भेटेको माटोमा ६५ भिन्न बोटबिरुवाहरुको अस्तित्व रहेको बताएका छन्।

वैज्ञानिकले समुद्र र बरफको ९० फिट मुनी माटो भेटेका हुन्। वैज्ञानिकहरुले यस अध्ययन पृथ्वीमा भइरहेको वातवरण परिवर्तनको अध्ययनमा महत्वपूर्ण सावित हुने अपेक्षा गरेका छन्।

स्रोत; एनबीसी न्युज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*