मुटुको रोगीसमेत रहेकी ६ महिनाकी बालिकालाई कोरोनाको संक्रमण
बेलायतमा ६ महिनाकी एक शिशुमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बेलायतको लिभरपुल एल्डर हे बालकालिका अस्पतालमा उनको उपचार चलिरहेको छ ।
पहिलेदेखि नै मुटुको समस्या भएकी उक्त बालिका अहिले कोरोनासँग लडिरहेकी छन् । एरिन बेट्स नामकी बालिकालाई पहिले मुटुको समस्या रहेको अन्टराष्ट्रिय सञ्चार माध्यम डेली मेलमा उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा बालिकाका तस्बिर अहिले भाइरल बनेको छ । अभिभावकको अनुमति लिएर मात्रै सञ्चारमाध्यमले उनका तस्बिर सार्वजनिक गरेका छन् ।
सन् २०१९ को डिसेम्बरमा उनको ओपन हार्ट सजरी गरिएको थियो । उनी बेलायतको म्यानचेस्टरकी बासिन्दा हुन् । शुक्रबार उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।