भयवाह बन्दै कोरोना, एकैदिन झण्डै आठ हजारको मृत्यु, ८५ हजारबढी नयाँ संक्रमित थपिए

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १२:५६
;

महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस भयवाह बन्दै गएको छ । पछिल्लो २४ घन्टामा यसको संक्रमणबाट विश्वभर झण्डै आठ हजारको मृत्यु भएको छ ।

वल्र्डओमिटरका अनुसार बिहीबार बिहान सबा ६ बजेसम्मको तथ्यांकअनुसार २४ घन्टामा ७ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ । ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वर १ लाख ३४ हजार ५ सय ६० पुगेको छ । संक्रमितको संख्या २० लाख ८२ हजार ३ सय ७२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५ लाख १० हजार ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २४ सय ८२ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २८ हजार ५ सय २९ र संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ।

त्यहाँ बुधबार एकै दिन ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि गएको २४ घन्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ। त्यहाँ एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा मृतकको संख्या १७ हजार नाघेको छ। संक्रमितको संख्या एक लाख ४८ हजार नजिक पुगेको छ।

त्यसैगरी युकेमा बुधबार ७ सय ६१ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या झण्डै १३ हजार र संक्रमितको संख्या एक लाख पुग्न लागेको  छ।

इटालीमा बुधबार ५ सय ७८ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २१ हजार ६ सय ४५ पुगेको छ।त्यसैगरी स्पेनमा ५ सय ५७ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म झण्डै १९ हजारको मृत्यु भइसकेको छ।

त्यसैगरी जर्मनीमा बुधबार ३०९ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा २ सय ८३, ब्राजिलमा २ सय २५, टर्कीमा १ सय १५, नेदरल्यान्डमा १ सय ८९, स्वीडेनमा १ सय ७०, क्यानाडामा १ सय ७, इरानमा ९८, मेक्सिकोमा ७४, स्वीटजरल्यान्डमा ६५ जनाको मृत्यु भएको छ।
 भारतमा बुधबार कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ४ सय २२ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*