अमेरिकाले महामारीको उच्च तह पार  गरेको ट्रम्पको दाबी, लकडाउन चाँडै खुल्ने 

हेटौडा न्युज
४ बैशाख २०७७, बिहीबार १४:३८
;

कोरोनाभाइरसको महामारी जारी रहँदै गर्दा प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसले निम्त्याउने खतराबारे प्रश्नहरूको सामना गरेका छन्।

राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर उनीहरूले उपयुक्त ठानेका बेला प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने बताए।

अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ अहिलेसम्मकै उच्च सङ्ख्यामा बेरोजगारहरू बढेका छन्।

राज्यका गभर्नरहरूसँग प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम सुचारू गर्ने समयका विषयमा ट्रम्पको गम्भीर मतभेद पाइन्छ।

तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्यहरू खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ जसलाई राष्ट्रपतिले त्यो निकै रोमाञ्चक हुने बताएका छन्।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको बिषय भएको र आत्महत्या सम्बन्धी हटलाइन सेवाहरू थामिनसक्नु भएको बताए।

आम्दानी ठप्प भएका बेला अहिले लागु पदार्थ दुर्व्यसनी समेत अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*