संकटमा चिडियाखाना , एउटा जनावर अर्कोलाई खुवाइने तयारी
उत्तरी जर्मनीमा रहेको नेउम्युन्सटर चिडियाखानाले लकडाउनका कारण खाद्यान्नको कमी तथा आर्थिक समस्याका कारण एउटा जनावर अर्कोलाई खुवाउने तयारी गरेको छ ।
चिडियाखानाकी निर्देशक भेरेना कास्पारीले डी वेल्ट पत्रिकालाई बताएअनुसार, बाख्रा र मृगहरू संकटापन्न जनावर नभएकाले लींक्स र चील अनि जर्मनीकै सबभन्दा ठूलो ध्रुवीय भालुलाई खुवाइने बताइन् । तर अरू सबै विकल्प सकिएमा मात्र यसो गर्ने उनको भनाइ छ ।
लकडाउन अवधिमा जर्मनीभरिका चिडियाखाना सर्वसाधारणका लागि बन्द गरिएको छ । चिडियाखानामा टिकट बिक्रीबाट पैसा उठ्ने बाटो बन्द भए पनि जनावरको हेरचाह गर्न कर्मचारीहरूलाई तलब खुवाइएको छ ।
नेउम्युन्सटर चिडियाखाना मार्च १५ मा बन्द गरिएको थियो । अप्रिल महिनाको अन्त्यसम्ममा चिडियाखानाले एक लाख ७५ हजार युरोको घाटा बेहोरिसक्ने कास्पारीले बताइन् । सील र पेन्गुइनहरूलाई दिनदिनै बेस्सरी माछा खुवाउनुपर्ने हुन्छ त्यसैले तिनीहरू भोकभोकै हुने स्थिति छ ।
एजेन्सी