बेलायतमा लकडाउनको अवधि तीन हप्ता लम्बियो
बेलायतमा लकडाउनको अवघि तीन हप्ता बढाउने घोषणा गरेको छ । बेलायतका देशमन्त्री डोमेनिक राबले कोरोना भाइरस राकथाम तथा नियन्त्रणको लागि ‘कम्तीमा तीन हप्ता’ लकडाउन बढाउने घोषणा गरेको हो ।
बिबिसीमा प्रकाशित समाचार अनुसार, बिहीबार पत्रकार सम्मेलनमा उनले डकडाउनमा छुट दिइयो भने त्यसले सार्वजनिक स्वास्थ्य तथा अर्थव्यवस्थामा समेत खतरा हुनसक्ने बताए ।
प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित भई बिरामी भएपछि राबले नै प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
कोरोना भाइरसलाई फैलिनबाट रोक्न बेलायतले मार्च २३ बाट लकडाउन सुरु गरेको थियो । त्यहाँ जनतालाई घरबाहिर ननिस्कन आग्रह गरिएको थियो। साथै, अत्यावश्यक बाहेकका व्यवसाय बन्द गरिएको थियो।
कोरोना संक्रमणबाट बेलबयतमा १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ ।