कुवेत सरकारले भिसाको म्याद तीन महिना थपिदिने
५ बैशाख २०७७, शुक्रबार १३:१७
कोरोना संक्रमणको कारण भएको लकडाउनले मारमा परेका विदेशी नागरिकलाई कुवेत सरकारले भिसाको म्याद तीन महिना स्वतः थपिदिने भएको छ ।
मार्च १ देखि ३१ मेसम्मका लागि कुवेत सरकारले आवासीय भिसा स्वतः थप गर्न लागेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू दूताबासले जनाएको छ।










