अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढेँ २९ हजार नयाँ संक्रमित 

हेटौडा न्युज
५ बैशाख २०७७, शुक्रबार १३:४५
;

अमेरिकामा कोरोनाको संक्रमणबाट एकैदिन २१ सय ७४ को मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोना संक्रमित छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*