बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुग्यो 

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १३:०३
;

बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसअघि २२ जना नेपाली कोरोना संक्रमित थिए । यससँगै संक्रमित नेपालीको संख्या ४९ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार  बहराइनमा कोरोना संक्रमणको कारण ७ जनाको मृत्यु भईसकेको जनाएको छ ।

 बिहीबार साँझसम्म बहराइनमा नौ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यसमध्ये तीनजना गम्भीर बिरामी रहेको जनाएको छ । संक्रमणबाट निको भई घर फर्कनेको संख्या सात सय तीन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*