गलत सुचना सामाजिक सञ्जालमा भाईरल भएपछि प्रहरी र डाक्टरमाथि आक्रमण
क्वारेन्टीनमा उपचार गर्न जुटेका चिकित्सक र प्रहरीहरुमाथि आक्रमण भएको छ । सामाजिक सञ्जालमा फैलिएको अफवाहले क्वारेन्टीनमा रहेकाहरु आत्तिँदै चिकित्सकमाथि आक्रमणमा उत्रिएको हो ।
भारतको उत्तर प्रदेशका मुरादावाद र इन्दोरमा चिकित्सक र प्रहरीमाथि आक्रमण हुनुको कारण यस्तो गलत सूचनाको प्रवाह रहेको तथ्य फेला परेको छ । मानिसहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थयो ।
क्वारेन्टीनमा गलत उपचार हुने र संक्रमित हुने गरेको झुटो भिडियो र म्यासेजहरु सोसल मिडियाबाट भाइरल भएपछि भिड उत्तेजित भएको हो । यस्ता सामग्रीमा मानिसहरुले विश्वास गर्न थाले भने कोरोनासँगको युद्धमा लडिरहेका चिकित्सक र सुरक्षाकर्मीमात्र होइन, जोखिममा रहेका सबैको ज्यान खतरामा पर्न सक्छ।