बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिए ट्रम्पका समर्थकहरु
अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
बीबीसीका अनुसार अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।
लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।
अमेरिकामा कोरोनाबाट संक्रमितको झण्डै सात लाख पुगिसकेको र मृतकको संख्या ३१ हजार ४ सय ५६ पुगिसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।











