कोरोनाको त्रासः सडकमा छरिएका ५ सय भारुका थुप्रै नोटहरुलाई कसैले छुने हिम्मतसमेत गरेनन्

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १५:०३
;

भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए ।  तर त्यो नोटहरुलाई कसैले छुने आँटसमेत गरेनन् ।   

इलाकामा बस्ने अन्य मानिसहरुले उक्त नोट देखेपनि कसैले कोरोनाभाइरस फैलाउने उद्देश्यसहित यस्तो गरेको हुनसक्ने अनुमान गरेपछि स्थानीयले पुलिसलाई बोलाए । स्यानिटाइज गरेपछि यी नोटलाई खाममा राखेर पुलिस स्टेशनतर्फ गए ।

इन्डियन एक्सप्रेसका अनुसार घटना त्यतिबेला सार्वजनिक भयो जब एक महिलाले पुलिसलाई आफ्नो पैसा हराएको जानकारी दिइन् ।

वास्तवमा एक महिलाले एटिएमबाट पैसा निकालेपछि त्यसलाई स्यानिटाइजरले धोएर बालकोनीमा सुकाएकी थिएन् । उनले पुलिससँगको कुराकानीमा सायद हावाका कारण केही नोट सडकमा खसेको हुनसक्ने बताइन् ।

एक पुलिस अधिकारीले पत्रिकासँगको कुराकानीमा भने, ‘सडकमा छरिएका नोटलाई कसैले पनि उठाएनन् । राम राज्य आएको जस्तो लागिरहेको छ ।’ एजेन्सी
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*