भारतले अफ्रिकालाई औषधी सहयोग गर्ने

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार २२:४३
;

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति रामापोसालाई फोन गरेका थिए । त्यस फोन सम्वादमा भारतले कोविड १९ सँग सम्बन्धित सबैखाले औषधीको आपूर्ति नरोक्ने जानकारी गराउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । 

उनीहरुबीच फोन सम्वादका क्रममा कोविड–१९ ले आ–आफ्नो देशका साथै क्षेत्रीय र विश्वमा नै उत्पन्न गरेको चुनौतीपूर्ण परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुबीच आ–आफ्नो देशमा कोविड १९ को संक्रमण नियन्त्रणका लागि अवलम्बन गरेका उपायहरुका साथै देशको अर्थतन्त्रमा पार्ने असरलाई कम गर्नका लागि अपनाइएका उपायहरुका बारेमा पचि चर्चा भएको थियो ।

त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका लागि आवश्यक औषधीसहितको सहायता उपलब्ध गराउने जानकारी दिएका थिए । त्यसक्रममा प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशमा पनि कोविड १९ को रोकथामका लागि गर्नुभएका प्रयासहरुको बारेमा प्रसंशा गरेका थिए ।

दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशका साथै हाल अफ्रिकन युनियनको समेत अध्यक्षका हैसियतले कोविड १९ को संक्रमण रोक्न अफ्रिकी देशहरुमा गर्नुभएको पहलको प्रसंशायोग्य रहेको प्रधानमन्त्री मोदीले बताएका थिए । त्यस क्रममा प्रधानमन्त्री मोदीले कोविड १९ को रोकथामको प्रयासका लागि दक्षिण अफ्रिकाले गरेको प्रयासमाा भारत सरकारको पूर्ण सहयोग रहने धारणा उले राख्नुभएको सो विज्ञप्तिमा जनाइएको छ । 
भारत र दक्षिण अफ्रिकामा पछिल्लो समयमा कोविड १९ को संक्रमण बढ्दो रुपमा देखिएको छ । भारतमा त यस संक्रमणबाट १४ हजार भन्दा बढी नागरिक विरामी परेका छन् भने ४८० जनाको ज्यान गएको बताइएको छ । –एएनआई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*