भयवाह बन्दै कोरोना, विश्वभर १ लाख ६० हजार बढीको मृत्यु, संक्रमितको संख्या २३ लाख नाघ्यो
महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या २३ लाख नाघेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ८० हजार बढी नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २३ लाख ३० हजार ९ सय २१ पुगेको हो ।
संक्रमितमध्ये ५ लाख ९६ हजार ५०४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले १५ लाख ७३ हजार ६ सय ६२ जनामा भने कोरोना सक्रिय रहेको छ । तीमध्ये ५५ हजार २ सय ६५ जनाको अवस्था भने गम्भीर रहेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख ६० हजार ७ सय ५५ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार बढी रहेको छ । शनिबार मात्रै अमेरिकामा २९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६८ हजार २ सय ६९ जना भने पूर्णरूपमा निको भएका छन् ।
अमेरिकामा ३९ हजार बढीको मृत्यु भइसकेको छ । त्यहाँ शनिबार मात्रै १ हजार ८ सय ६७ को मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।
अमेरिकामा अहिले ६ लाख ३१ हजार ५ सय ९ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १३ हजार ५ सय ५५ जनाको अवस्था भने गम्भीर रहेको छ ।
अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ९४ हजार ४ सय १६ संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ मात्रै ४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७४ हजार ७ सय ९७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले स्पेनमा ९८ हजार ९ सय ८० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार बढीको अवस्था गम्भीर रहेको छ ।
स्पेनमा अहिलेसम्म २० हजार ६ सय ३९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टा भित्र मात्रै स्पेनमा कोरोनाका कारण ६ सय ३७ जनाको मृत्यु भएको छ ।
इटालीको अवस्था पनि स्पेनको जस्तै भयावह छ । कोरोनाका कारण मृत्यु हुनेमा स्पेनमा भन्दा पनि इटालीमा बढी छ । आइतबार बिहानसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ४८२ जनाको मृत्यु भएको छ ।
इटालीमा अहिलेसम्म १ लाख ७५ हजार ९२५ कोरोना संक्रमित भएका छन् । शनिबार मात्रै त्यहाँ ३ हजार ४९१ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४४ हजार ९२७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा १ लाख ७ बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ७३३ जनाको अवस्था भने गम्भीर रहेको छ ।
फ्रान्समा अहिलेसम्म कोरोनाका कारण १९ हजार ३२३ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ५१ हजार ७९३ पुगेको छ । शनिबार मात्रै त्यहाँ ३ हजार ८२४ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये ३५ हजार ९८३ जना भने पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९६ हजार ४८७ जनामा कोरोना सक्रिय रहेको छ । ५ हजार ८३३ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना बढी संक्रमण हुने अर्को देश हो जर्मनीमा । तर जर्मनीमा अरू देशको तुलनामा मृत्यु हुनेको संख्या कम र निको हुनेको संख्या बढी रहेको छ ।
अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४३ हजार ७२४ नाघेको छ । तीमध्ये ८५ हजार ४ सय जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ५३ हजार ७८६ जनामा कोरोना सक्रिय रहेको छ । २ हजार ७८६ जनाको अवस्था भने गम्भीर रहेको छ ।
चीनमा भने अहिले १ हजार जनामा मात्रै कोरोना सक्रिय रहेको छ । चीनमा कुल ८२ हजार ७१९ जना संक्रमित भएपनि करिब ७७ हजार भने पूर्णरूपमा निको भइसकेका छन् ।











