क्यानडा– अमेरिका सिमाना थप एक महिनाका बन्द

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १३:०६
;

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँग जोडिएको सिमाना थप एक महिनाका लागि बन्द रहने बताएका छन् । यो अवधिमा कुनै पनि अनावश्यक यात्रा पनि बन्द रहने जनाएको छ । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण  दुवै देशबीच यसअघि नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइएको थियो र यो प्रतिबन्ध आउँदो मङ्गलबार सकिँदै थियो । 

सिमानाका दुवैतर्फका नागरिकको सुरक्षाको लागि यो कदम उठाउनु अत्यन्तै रहेको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताएका छन् । 

पछिल्लो समय अमेरिका कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ । भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा मात्रै सात लाख ३८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ३९ हजारभन्दा धेरैको ज्यान गएको छ । 

क्यानडामा ३३ हजारभन्दा धेरै सङ्क्रमित हुँदा एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*