एयर इन्डियाद्वारा आन्तरिक र  बाह्य उडानको बुकिङ् खुल्ला

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १५:१०
;

एयर इन्डियाले आनतरीक र अन्तराष्ट्रिय हवाइ सेवाको बुकिङ् खुलला गर्ने घोषण गरेको छ । एयर इन्डियाले शनिबार ४ मे देखि आन्तरिक र १ जूनबाट अन्तर्राष्ट्रिय हवाइ सेवाको बुकिङ् खोल्ने घोषणा गरेको हो।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इन्डियाले पनि पुर्ण रुपमा देशभर लकडाउन घोषणा गरेपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ ।

सरकारको लकडाउन गर्ने निर्णयपछि  एयर इन्डियाले अप्रिल ३ सम्मका लागि आफ्ना सबै आन्तरिक र अन्तर्राष्ट्रिय दुबै बुकिङ्हरु महिनाको अन्त्यसम्मका लागि स्थगित भएको घोषणा गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*