भारतमा ५ सयबढीको मृत्यु 

हेटौडा न्युज
७ बैशाख २०७७, आईतवार १५:४४
;

भारतमा कोराना भाइरसको संक्रमणबाट ५ सय ७ जनाको मृत्यु भएको छ ।  भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

विश्व स्वास्थ्य संगठनको दक्षिण एशिया क्षेत्रीय निर्देशक डा‍. पुनम खेत्रपाल सिंहले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा भारतले समयमै रोकथामका लागि आक्रामक ढंगले काम गरेका कारण संक्रमण फैलिन नपाएको बताएकी छन् । बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*