कोरोना संक्रमितको संख्या २४ लाख बढी, १ लाख ६५ हजार बढीको मृत्यु
महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमितको संख्या २४ लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबारसम्म विश्वमा २४ लाख ७ हजार २ सय ९४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना कारण हालसम्म १ लाख ६५ हजार ४९ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा रहेका कोरोना भाइरसका कूल संक्रमितमध्ये ६ लाख २४ हजार ९ सय ७४ जना उपचारपछि निको भई घर फर्केका छन् । हालः विश्वमा १६ लाख १७ हजार २ सय ७१ जना कारोना संक्रमित उपचारत छन् । उपचारतमध्ये ५४ हजार २ सय २२ जनाको अवस्था गम्भीर छ भने १५ लाख ६३ हजार ४९ जनाको अवस्था सामान्य रहेको छ ।
नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका कूल संक्रमितमध्ये ४ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने २७ जनाको अहिले उपचार चलिरहेको छ । नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो ।
कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, चीन, इरान, रुस, ब्राजिल, क्यानडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड्स, पोर्चुगल र भारत रहेका छन् ।
कोरोना भाइरसका सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा हालसम्म ७ लाख ६४ हजार ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, जसमध्ये ४० हजार ५ सय ४८ जनाको मृत्य भइसकेको छ ।
स्पेनमा १ लाख ९८ हजार ६ सय ७४ जना कोरोनाका संक्रमित रहेकोमा २० हजार ४ सय ५३ जनाको मृत्यु भइसकेको छ । इटालीमा १ लाख ७८ हजार ९ सय ७२ जनामा कोराना संक्रमण देखिएको छ । यीमध्ये २३ हजार ६ सय ६० जनाले ज्यान गुमाइसकेका छन्।
फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५२ हजार ८ सय ९४ पुगेको छ, जसमध्ये १९ हजार ७ सय १८ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा कोरोना भाइरस संक्रमित १ लाख ४५ हजार ७ सय ४२ रहेकोमा हालसम्म ४ हजार ६ सय ४२ जनाको मृत्यु भएको छ।
बेलायतमा कोरोना भाइरसका संक्रमितेका संख्या १ लाख २० हजार ६७ रहेको छ। यीमध्ये १६ हजार ६० जनाको मृत्यु भइसकेको छ। टर्कीमा कोरोनाका बिरामी ८६ हजार ३ सय ६ पुगेकोमा २ हजार १७ जनाको मृत्यु भएको छ।
चीनमा ८२ हजार ७ सय ४७ जनामा कोरोना देखिएको छ, जसमध्ये ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। इरानमा ८२ हजार २ सय ११ जना कोरोनाका संक्रमित रहेकोमा ५ हजार १ सय १८ जनाले ज्यान गुमाइसकेका छन्।