कोरोनाको कारण मृत्यु भएका डाक्टरको अन्तिम संस्कार गर्न नदिने २० जना पक्राउ
भारतको तमिलनाडुमा एक चिरपरिचित चिकित्सकको अन्तिम संस्कारमा बिथोल्न खोजेका २० जना पक्राउ परेका छन् । कोभिड १९ का कारण निधन भएपछि यी चिकित्सकको परिवारले उनलाई अन्तिम संस्कारका लागि लिएर गएको थियो ।
तर, त्यहाँ हिंसा भड्काएर परिवारका सदस्यमाथि कुटपिट गर्ने २० जना पक्राउ परेका छन् । डा.सिमन हक्र्युलसको कोभिड १९ का कारण मृत्यु भएको थियो ।
आइतबार राति उनको शवलाई गाड्न लैजाने क्रममा उनको परिवारमाथि रड र लाठीले प्रहार भएको थियो ।
त्यहाँका मानिसहरुले उनको शवलाई त्यहाँ गाड्दा संक्रमणको खतरा झन् बढ्ने भन्दै उनको परिवारमाथि आक्रमण गरेको थियो । गाउँलेको विरोधपछि डा। सिमनको शव उनका एक साथीले सोमबार सवेरै अरुले थाहा नपाउने गरि गाडेका थिए । एजेन्सी