नतिजा नमिलेपछि राजस्थानमा आरडीटीबाट कोरोना परीक्षण बन्द
भारतको राजस्थानमा कोरोना भाइरस संक्रमित बिरामीको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोनाको एन्टिबडी परीक्षण गर्दा नेगेटिभ नतिजा देखाएपछि उक्त किटबाट परीक्षण बन्द गरेको छ ।
राजस्थानमा मंगलबारदेखि नै र्यापिड किटबाट परीक्षण गर्न रोकिएको द हिन्दुले जनाएको छ । प्रदेशका स्वास्थ्यमन्त्री रघु शर्माका अनुसार ९० प्रतिशत सहि नतिजा देखाउँछ भनेर ल्याएको किटले ५ दशमलब ४ प्रतिशत मात्र सहि नतिजा देखाएपछि परीक्षण बन्द गरिएको हो ।
सवाइमानसिंह अस्पतालका विज्ञको टोलीले गरेको एक अध्ययनबाट उक्त किटबाट परीक्षण गर्दा ५ दशमलब ४ प्रतिशत मात्र नतिजा मिलेको निस्कर्ष निकालिएको छ । अध्ययनका क्रममा विज्ञहरुले पिसिआर मेसिनले कोरोना संक्रमित पुष्टि गरिसकेको व्यक्तिको र्यापिड टेस्ट गराउँदा नतिजा नेगेटिभ देखाएको थियो ।एजेन्सी