अनाथलयका ८ शिशुमा कोरोना संक्रमण
जापानको राजधानी टोकियोस्थित अनाथलयमा रहेका ८ शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
टोकियोको सयसेकाइ अस्पतालका अनुसार कोरोना लक्षण देखिएका शिशुको परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
अस्पतालले आठै शिशुको अवस्था स्थिर रहेको र अस्पतालको हेरचाहमा राखिएको जनाएको छ ।
२९ शिशुको हेरचाह गरिरहेकी एक नर्सलाई १६ अप्रिलमा कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो । उक्त अनाथलयमा रहका २१ शिशुहरुलाई भने कोरोना नेगेटिभ देखिएको थियो ।
उक्त अनाथलयमा कार्यरत अन्य तीन कर्मचारीलाई पनि ज्वरो आएकाले घरमै बस्न आग्रह गरिएको छ । स्रोतः १२खरी