अमेरिकामा बेरोजगारको संख्या बढ्दै, २ करोड ६० लाख बढी बेरोजगार

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार ०३:४८
;

अमेरिकामा बेरोजगार सुविधाका लागि गतसाता मात्र ४४ लाख मानिसले आवेदन दिएका छन्। कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाउनेको संख्यामा ह्वात्तै वृद्धि भएको हो।

यो संगै मार्च महिनाको मध्यदेखि बेरोजगार सुविधाका लागि आवेदन दिने मानिसको संख्या २ करोड ६४ लाख पुगेको छ।

यो संख्या अमेरिकी श्रम शक्तिको १५ प्रतिशत हो।

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ५० हजार नजिक पुग्दैछ भने संक्रमितको संख्या साढे ८ लाख पुगेको छ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*