अमेरिकामा एकैदिन २३ सय बढीको मृत्यु, मृत्यु हुनेको संख्या झण्डै ५० हजार पुग्यो 

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार १३:२६
;

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएको छ । यससँगै  मृतकको संख्या झण्डै ५० हजार पुगेको छ ।

वर्ल्डोमिटर्सको अनुसार अमेरिकामा एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या कूल ४९ हजार ८ सय ४२ पुगेको छ ।

साथै, अमेरिकामा एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ३६ पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ को अवस्था गम्भीर छ भने ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*