कोरोनाका कारण बेलायतमा थप ३ नेपालीको मृत्यु
कोरोना भाइरसको कारण बेलायतमा थप ३ जना नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण देखिए संगै बेलायतको अस्पतालमा उपचारत ३ जना नेपालीको मृत्यु भएको हो ।
दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा उपचारत ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।
त्यस्त्रै खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा बेलायतको जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी गत वर्ष मात्र बेलायत आएका थिए ।
एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या थियो ।
त्यस्तै बेलायतको रेडिङ शहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको छ ।
तीन साताअघि अस्पताल भर्ना भए पनि ३ दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि दुतावासले जनाएको छ ।











