भारतमा एकैदिन ५९ जनाको मृत्यु, संक्रमितको संख्या २४ हजार नाघ्यो 

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार १४:३४
;

कोरोनाको संक्रमणबाट भारतमा शुक्रबार ५९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ८० पुगेको छ भने  संक्रमितको संख्या २४ हजार, ४ सय ४७ पुगेको भारतको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।  

भारतको महाराष्ट्र प्रदेशमा हालसम्म ६ हजार ४ सय भन्दा बढी संक्रमित भेटिएका छन् । महाराष्ट्रमा २ सय ८३ जनाको मृत्यु भइसकेको छ ।

गुजरातमा २ हजार ६ सय बढी कोरोना संक्रमित रहेका छन् भने १ सय १२ जनाले ज्यान गुमाएका छन् । भारतको राजधानी दिल्लीमा भने कोरोना संक्रमितको संख्या करिब २४ सय छ भने ५० भन्दा धेरैले ज्यान गुमाएका भारतीय स्वास्थय मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*