कोरोनाको कारण १ सय ५० डाक्टरको मृत्यु

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार १४:५३
;

 इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् ।

यसैबीच इटालीको स्वास्थ्य स्याहार क्षेत्रको सुधारको लागि पर्याप्त कदम नचालिएको आवाज पनि उठ्न थालेको छ । इटालीको स्वास्थ्य स्याहार समूह एएनएएओले सरकारले स्वास्थ्य प्रणाली बचाउन पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेको छ । सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको छ । तर, एएनएएओले भने यो रकम पर्याप्त नरहेको बताएको छ ।

इटालीमा अहिलेसम्म एक लाख ९२ हजार नौ सय ९९४ जना मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २५ हजार नौ सय ६९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । इटाली अमेरिकापछि यो भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

स्रोतः अनलाईनखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*