भारतमा कोरोनाबाट ८ सय २४ ले ज्यान गुमाए, संक्रमितको संख्या २६ हजार बढी

१४ बैशाख २०७७, आईतवार २२:५६
भारतमा कोरोना संक्रमितका कारण ८ सय २४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २६ हजार नाघेको छ ।
गत २४ घण्टाभित्र मात्रै भारतमा करीब २ हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
भारतमा हालसम्म ५ हजार ८ सय जना कोरोना निको भएर घर फर्किएका छन् ।