नाका जोडिएको बाटोमा पर्खाल लगाउदै भारतको तमिलनाडु सरकार

हेटौडा न्युज
१६ बैशाख २०७७, मंगलवार २१:५४
;

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै भारतको तमिलनाडु सरकारले सिमानाका जोडिएका राज्यको सबै बाटो रोक्नका लागि पर्खाल लगाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतको तमिलनाडु सरकारले आन्ध्र प्रदेशसँग जोडिएको सबै सीमामा बाटो रोक्नका लागि पर्खाल लगाएको हो । 

तमिलनाडुको वेल्लोर तथा आन्ध्र प्रदेशको चित्तूर जिल्लाको बीचमा पाँच फिट अग्ला यस्ता पर्खाल बनाइएको भारतीय मिडियाहरुले जनाएका छन् ।  

यो दुई राज्यबीच सवारी आवगमन रोक्न पर्खाल लगाइएको जनाइएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*