कोरियामा एक भवनमा आगलागी ३८ जनाको मृत्यु
दक्षिण कोरियामा एक निर्माणाधीन भवनमा आगलागी हुँदा ३८ जनाको मृत्यु भएको छ।
राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन सहरको निर्माणाधीन भवनमा प्रज्वलनशील सामग्री विस्फोट भई आगलागी हुँदा ३८ जनाको मृत्यु भएको त्यहाका संचार माध्यमहरुले जनाएका छन् ।
घटनामा १० जना गम्भीर घाइते भएका छन्। अझै एक जना हराइरहेको कोरियाली अधिकारीलाई जनाएका छन् ।
७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ। ज्यान गुमाउने कोरियाली नागरिक हुन् वा विदेशी कामदार हुन् भन्नेमा केही खुलेको छैन।
एजेन्सी