भारतमा कोरोनाका कारण १ हजार ८ जनाको मृत्यु, करिब २३ हजार संक्रमित

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार १४:४०
;

कोरोना भाइरस संक्रमणका कारण भारतमा हालसम्म १ हजार ८ सय जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ जना पुगेको छ भने कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ८२ पुगेको बताएको हो । 

त्यस्तै ७ हजार ७ सय ९६ जना कोरोना संक्रमित बिरामी निको भइ घर फर्किएका छन् ।  

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभायरसका कारण भारतमा संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाको प्रभाव महाराष्ट्र, दिल्ली, गुजरात, राजस्थान लगायतमा बढी परेको छ । महाराष्ट्रमा मात्रै कोरोनाबाट ४ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको छ ।  

गुजरातमा कोरोनाबाट ३ हजार ७ सय ७४जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ । दिल्लीमा ५४ जनाको मृत्यु भएको छ भने सक्रमितको संख्या ३ हजार ३ सय १४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*