कोरोना संक्रमितको रगतको नमूना बाँदरले लुट्यो
मकवानपुर । छिमेकी मुलुक भारत, उत्तर प्रदेशमा रहेको एक सरकारी अस्पतालबाट बाँदरको समूहले सम्भावित कोरोनाभाइरस संक्रमितको संकलन गरिएको रगतको नमूना लिएर भागेको छ ।
गत बिहीबार लाला राजपुत स्मृति मेडिकल कलेजको अस्पतालमा यो घटना भएको हो । सो अस्पतालमा कार्यरत ल्याब असिस्टेन्टले संकलित रगतको नमूनालाई परीक्षणका लागि लैजाने क्रममा उनको हातबाट तीनवटा नमूना भएको बाकस नै बाँदरहरुले खोसेको जनाईएको छ । संकलित रगतको प्याकेट बाँदरले चपाएर फ्यालिदिएको थियो ।
घटनाको सम्बन्धमा अस्पताल प्रशासनले थप छानबिन गरिरहेको जनाएको छ ।
श्रोत-सिएनएन