भारतमा एउटै बटालियनमा कार्यरत १ सय २२ प्रहरीलाई कोरोना
छिमेकी देश भारतको दिल्लीमा एउटै बटालियनमा कार्यरत १ सय २२ जना प्रहरीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
गत २ हप्तामा केन्द्रीय पुलिस रिजर्भ फोर्स का १सय २२ जवानमा कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले जनाएको छ ।
सो बटालियनमा कार्यरत अन्य १ सय प्रहरी जवानहरुको कोरोना परीक्षण रिपार्ट आउन बाँकी रहेको बताईएको छ । भारतमा पछिल्लो सुरक्षाकर्मीहरुको बटालियनहरुमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ ।