भारतमा एकै दिनमा ६७ जनाको मृत्यु, २ हजार भन्दा बढि संक्रमित थपिए

हेटौडा न्युज
२२ बैशाख २०७७, सोमबार २३:१२
;

भारतमा पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढि कोरोना संक्रमित थपिएका छन् । भारतमा लगातार दुई दिन कोरोना भाइरसका संक्रमित २ हजार भन्दा बढीका दरले थपिएका हुन् । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५३ संक्रमित थपिएका छन् भने ६७ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म ४२ हजार ५ सय ३३  जनामा कोरोना संक्रमण देखिएको छ भने एक हजार तीन सय ७३ जनाले ज्यान गुमाइसकेका छन्। ११ हजार ७ सय ७ जना  उपचारपछि निको भएर घर फर्किसकेको जनाइएको छ ।

आइतबार मात्रै २ हजार चार सय ८७ जना संक्रमित थपिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*