विश्वभर ३६ लाख ५९ हजार बढी कोरोना संक्रमित, बेलायतमा साढेँ २९ हजार बढीको मृत्यु 

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार १५:२५
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बेलायतमा २९ हजार ५ सय १ जनाको मृत्यु भएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार इटालीमा भन्दा बेलायतमा धेरैको मृत्यु भएको जनाएको छ । कोरोना संक्रमितको संख्या भने इटलीमा धेरै छन् । इटलीमा २ लाख १३ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ भने बेलायतमा संक्रमितको संख्या १ लाख ९६ हजार २ सय ४० रहेको  छ ।

विश्वभर ३६ लाख ५९ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै २ लाख ५६ हजार ९२८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

कोरोनाको उपचारपछि निको हुनेहरुको संख्या ११ लाख ९७ हजार ७ सय ३५ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*