कोरोना सम्बन्धी महत्त्वपूर्ण खोज गरिरहेका अनुसन्धानकर्ताको गोली हानी हत्या
नोभेल कोरोना भाइरससम्बन्धी 'महत्त्वपूर्ण खोजको अन्तिम चरण' मा पुगेका एक अनुसन्धानकर्ताको अमेरिकामा गोली हानी हत्या गरिएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार अनुसन्धाकर्ता बिङ लिउको गोली हानी हत्या भएको बताएका छन् । पिट्सबर्ग विश्वविद्यालयको 'स्कुल अफ मेडिसिन' का अनुसन्धानकर्ताको शव शनिबार उत्तरी पिट्सबर्गस्थित रोस टाउनसिफमा भेटिएको स्थानीय स्वास्थ्य अधिकारीले बताएका छन् ।
उनीसँगै करिब एक माइल टाढा कारमा एक अर्का व्यक्ति हाओ ग्युकोसमेत मृत अवस्थामा फेला परेका थिए । उनी कारमा मृत अवस्थमा फेला परेको बताइएको छ ।
यस घटनाका अनुसन्धाकर्ताहरुले भने हाओले डा. लिउको हत्या गरेको र पछि उनले आफैंले गोली हानी आत्महत्या गरेको बताएका छन् । यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।
डा. लिउ सिंगापुरको नेसनल युनिभर्सिटीको मेडिकल स्कुलमा अध्ययन गरेका थिए । उनी एक 'विशेष क्षमता भएका अनुसन्धानकर्ता' भएको विश्वविद्यालयमा वेबसाइटमा उल्लेख छ । उनी कोरोना भाइरसम्बन्धीको महत्त्वपूर्ण खोजको अन्तिम चरणमा रहेको बताइएको छ ।
विश्वविद्यालयले भनेको छ, "उनले सुरु गरेको कामलाई पूर्णता दिएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने उनले विज्ञानमा पुर्याएको योगदानको सम्मान गरिने छ ।" स्रोतः बीबीसी










