वैज्ञानिकहरु आश्चर्य चकित, सूर्यको चमक पाँच गुणाले घटेको दाबी

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार १८:०७
;

सूर्यको प्रकाश कम हुँदै गइरहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । आकाशगंगामा रहेका अन्य ताराहरुको तुलनामा सूर्य कमजोर भइरहेको जर्मनीको म्याक्स प्ल्याक इन्स्टिच्यूटका अन्तरीक्ष वैज्ञानिकहरुले बताएका छन् ।

सूर्य र सूर्यजस्ता अन्य ताराहरुको अध्ययन उनीहरुको उमेर, चमक र रोटेसनको आधारमा गर्ने गरिन्छ । वैज्ञानिकहरुले पछिल्लो ९ हजार वर्षदेखि यसको चमक पाँच गुणाले कमी आएको बताएका छन् । अहिले वैज्ञानिकहरु यस पछाडिको कारण खोज्नमा लागि परेका छन् ।

वैज्ञानिकहरुले हजारौं वर्षदेखि सूर्य कमजोर बन्दै गइरहेको दावी गरिरहेका छन् । यसको खुलासा उनीहरुले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट प्राप्त आँकडाको अध्ययनबाट गरेका हुन् ।

यसको अध्ययन सूर्यको सतहमा बन्ने सोलर स्पटबाट गरिन्छ । म्याक्स प्ल्याक इन्स्टिच्यूटका वैज्ञानिकहरु आकाशगंगामा सूर्यभन्दा सक्रिय अरु ताराहरु पनि भएको कुरा थाहा पाएर आश्चर्यमा छन् ।

१६१० देखि सूर्यको सतहमा बन्ने सोलर स्पटहरु कम हुन थालेका छन् । वैज्ञानिकहरुको अनुसार गत साल करिब २४६ दिनसम्म सूर्यमा एउटा पनि स्पट बनेको देखिएन । सूर्यको केन्द्रमा जब गर्मीको तेज लहर उठ्छ तब सोलर स्पटहरु बन्छ । यसको अर्थ सूर्च अन्य ताराहरुको तुलनामा कमजोर बन्दै जाँदैछन् ।
एजेन्सी 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*