ग्यास लिक हुँदा भारतमा कम्तीमा नौ जनाको मृत्युृ, दुई सय जना बिरामी
एक रासायनिक उद्योगबाट ग्यास लिक हुँदा भारतमा कम्तीमा नौ जनाको मृत्युृ भएको छ । आन्ध्र प्रदेशको विशाखापटनमा रहेको
रसायनिक उद्योगबाट ग्यास लिक हुँदा अन्य दुई सय जना बिरामी परेका छन् ।
ग्यास लिक हुँदा बिरामी भएका दुई सय मध्ये ८६ जनालाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । तीन जनाको घटनास्थलमै र अरु ६ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले ग्यास प्लान्ट आसपासको पाँच वटा गाउँ खाली गराएको छ । भएका व्यक्तिमा आँखा पोल्ने, श्वासप्ररश्वासको समस्या भएको छ ।