कोरोनाको कारण विश्वभर ७८ नेपालीको मृत्यृु, पाँचहजार बढी संक्रमित

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १३:२५
;

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ७८ नेपालीको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाको कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या शनिबार साँझ सम्म ७८ पुगेको हो ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । 

यस्तै, संयुक्त अरब इमिरेट्स्ट ९युएइ० मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा। संजिव सापकोटाले जानकारी दिएको एनआरएनको स्वास्थ्य समितिले जनाएको छ ।

कोरोनाभाइरसका कारणले निधन हुनेमा यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् ।  ज्यान गुमाउनेहरुको संख्यामा युके २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका छन् । यस्तै, संयोजक डा। सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*