सिक्किममा चिनियाँ र भारतीय सैनिकबीच झडप, सैनिक ११ घाइते

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १९:३९
;

सिक्किमतर्फको चीन–भारत सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ । झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् ।

प्रहरी स्रोतका अनुसार, उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको हो । समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा झडप र विवाद भएको थियो । जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् ।

यद्यपि, स्थानीयस्तरमा यो विवाद सुल्झाइएको छ । यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए । लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए ।

भारत र चीनको सीमाक्षेत्रमा बेलाबेलामा तनाव हुने गरेको छ । यसअघि सन् २०१७ मा पनि चीन र भारतको सीमाक्षेत्रमा तनाव भएको थियो ।

स्रोतः अनलाईनखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*