इरानले भूलवश आफ्नै जहाजमा मिसाइल हानेपछि १९ जनाको मृत्यु
ओमनको खाडीमा जारी सैन्य अभ्यासका इरानी सेनाले हानेको क्षेप्यास्त्र भूलवश आफ्नै जहाजमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको इरानी सरकारी मिडियाले जनाएको छ । उक्त घटना नयाँ एन्टिशिप मिसाइल परीक्षणका क्रममा आइतबार भएको हो ।
हर्मुज स्ट्रेटनजिकै भइरहेको उक्त अभ्यासका क्रममा सेनाले हानेको मिसाइल सैन्य उपकरण बोक्ने जहाजमा ठोक्किएको बताइएको छ । अभ्यासमा जामरान र कोणार्क नामका दुई जहाज सामेल थिए। जामरानबाट दागिएको मिसाइल कोणार्कमा लागेको हो ।
रिपोर्टका अनुसार निशानाबाजीको अभ्यास भइरहँदा कोणार्क नामक जहाज निशानाको बीचमा आइपुग्यो। निशाना र कोर्णाकबीचको दूरी ख्याल नगरिँदा घटना भएको देखिन्छ ।
एजेन्सी