आफैँले गरेको पत्रकार सम्मेलनबाट किन बाहिरिए ट्रम्प ? 

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १४:२२
;

ह्वाइट हाउसमा आफैँले गरेको पत्रकार सम्मेलनबाट अ‍ेमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिरिएका छन् ।  चिनियाँ मूलकी अमेरिकी पत्रकारसँग विवादास्पद प्रश्नोत्तरपछि अर्का पत्रकारको प्रश्न लिन अस्वीकार गरेलगत्तै उनी पत्रकार सम्मेलनबाट बाहिरिएका हुन् ।

सीबीएस न्यूजकी ह्वाइट हाउस हेर्ने संवाददाता वेइजिया जियाङले राष्ट्रपति ट्रम्पलाई ८० हजारभन्दा बढी अमेरिकीहरुको मृत्यु भइसक्दा उनले कोरोनाभाइरसको परीक्षणलाई किन विश्व प्रतिश्पर्धाको रुपमा हेरेको भनेर सोधेकी थिइन्। ट्रम्पले भने, “यो प्रश्न चीनलाई सोध्नु उपयुक्त छ। मलाई नसोध्नुस्, यो प्रश्न चीनलाई सोध्नुस् ।” पत्रकार जियाङ चीनमा जन्मिएर दुई वर्षको उमेरमा अमेरिका बसाइ सरेकी थिइन् । ट्रम्पको जवाफले उनी भड्किइन्।

चीनलाई सोध्न जवाफ दिएलगत्तै ट्रम्पले अर्की पत्रकार कैटलान कोलिन्सतिर लागे। तर, जियाङले कोलिन्ससँग माइक लिएर ‘फलो अप’ प्रश्न सोध्दै हस्तक्षेप गरिन्। उनले आफूले लगाएको मास्क केही तल सारेर सोधिन्, “महोदय, तपाईंले विशेषगरी मलाई नै तपाईं किन यस्तो भन्दै हुनुहुन्छ ?”

ट्रम्पले भने, “मैले कसैलाई विशेष गरेर भनेको छैन। म यो सबैलाई भन्दै छु जसले नराम्रो प्रश्न सोध्छ।” त्यसपछि ट्रम्प अर्का संवाददातातिर लागे।

तर, कोलिन्स प्रश्न सोध्न माइकतर्फ अघि बढिन्। उनले भनिन्, “मसँग दुई प्रश्न छ । ट्रम्पले उनलाई प्रश्न सोध्न मनाही गरे ।

यसलाई सीएनएनका समाचार वाचक वोल्फ ब्लिटजरले एक घन्टाको पत्रकार सम्मेलनको कुरुप अन्त्य भनेर टिप्पणी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*