कोरोना अपडेटः हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

महामारीको रुपमा फैलिरहेको कोरोना कोरोनाभाइरस हालसम्म विश्वका २ सय बढी देशमा प्रभाव पारेको छ ।
विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ८ सय २९ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधवार बिहानसम्म संक्रमितको संख्या ४३ लाख ४१ हजार ७ सय २० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १६ लाख २ हजार ४ सय १२ जना उपचारपछि निको भएका छन् ।
कोरोनाभाइरसले विश्वका ठुला देश अमेरिका, इटाली, स्पेन, फ्रान्स लगायतमा बढी प्रभाव पारेको छ । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८३ हजार ४ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १४ लाख ८ हजार ६ सय ३६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित २ लाख ९६ हजार ७ सय ४६ जना निको भइसकेका छन् ।
त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २६ हजार ९ सय २० पुगेको छ भने संक्रमितको संख्या २ लाख ६९ हजार ५ सय २० पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३९ पुगेको छ भने संक्रमितको संख्या २ लाख २१ हजार २ सय १६ पुगेको छ ।
त्यस्तै युकेमा कोरोनाबाट ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख २६ हजार ४ सय ६३ पुगेको छ ।











