साउदीमा ६ सय ७४ नेपालीमा कोरोना सङ्क्रमण, एकको मृत्यु

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार १५:१५
;

साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९ सय २५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २ सय ५७ निको भएका छन् । हालसम्म २ सय ६४ सङ्क्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*