कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो, विश्वभर ४४ लाख भन्दा बढी सङ्क्रमित
कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या तीन लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४४ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन् । उक्त सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या भने १५ लाख पुगेको बताइएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन् । १४ लाख भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८६ हजार पुग्न लागेको छ ।
अमेरिकामा मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा बढी न्युयोर्क राज्यमा छ जहाँ २७ हजार भन्दा बढीको मृत्यु भएको छ ।
रुसमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ । उच्च सङ्क्रमणका हिसाबले यूके तेस्रो स्थानमा छ। त्यहाँ हालसम्म ३३,६९३ ले ज्यान गुमाएका छन् ।