चीनभन्दा भारतमा धेरै कोरोना संक्रमित 

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १३:३८
;

चीनभन्दा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । भारतमा चीनभन्दा १ हजार २ सय ८९ संक्रमित बढी भइसकेका छन् । 

शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ८५ हजार ७ सय ८४ जना संक्रमित भइसकेका छन् । जसमध्ये २ हजार ७ सय ५३ ले ज्यान गुमाएका छन् भने ३० हजार २ सय ५८ निको भइसकेका छन्। 

भारतमा संक्रमित संख्या बढी देखिए पनि मृत्युदर भने चीनभन्दा न्यून छ। चीनमा ५.५२ प्रतिशत मृत्युदर हुँदा भारतको भने ३.२१ प्रतिशत मृत्युदर रहेको छ ।

गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोभिड–१९ बाट विश्वभर ४५ लाख ३४ हजार ९ सय ५२ संक्रमित भइसकेका छन्। त्यस्तै ३ लाख ७ हजार १९ ले ज्यान गुमाएका छन् भने १६ लाख ३३ हजार ३ सय ८९ निको भइसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*