१०४ वर्षीया वृद्धाले जीतिन् कोरोना

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १४:४८
;

 दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि  पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुनुहुन्छ  ।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उहाँलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उहाँलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो ।  स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उहाँ ठीक हुनुभयो । 

चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उहाँको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो । डिस्चार्जका समयमा पुष्पगुच्छासहित उहाँलाई सम्मान गरिएको थियो । उहाँले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*