मजदुर बोकेको दुई वटा ट्रक एक–आपसमा ठोक्कियो, २४ जना मजदुरको मृत्यु

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १५:०१
;

भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा भएको ट्रक दुर्घटनामा २४ जना मजदुरको मृत्यु भएको छ । मजदुर बोकेको दुई ट्रक एक आपसमा ठोक्किँदा अन्य धेरै घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । शनिबार विहान दुर्घटनामा परेकाहरु मध्ये अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन् । 

समाचारमा उल्लेख गरे अनुसार उत्तर प्रेदशका मुख्यमन्त्री योगी आदित्य नाथले घटनाप्रति दुःख व्यक्त गर्दे घाइतेको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिएको जनाएको छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*